प्रियंका रानी जोशी बनिन् 'मिस नेपाल-२०२२'

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, १९ : ५९
प्रियंका रानी जोशी बनिन् 'मिस नेपाल-२०२२'

काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छन् ।

द हिडन ट्रेजरको आयोजनामा शनिबार भएको फिनालेमा अन्य प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको नाज जितेकी हुन् ।  त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । मिस नेपालको फाइनलमा २४ सुन्दरी पुगेका थिए ।
 

प्रतिक्रिया दिनुहोस