काठमाडौं । उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रवासमा बस्दै आएका ठूलो संख्यामा विद्यार्थीलाई ठेउला ( चिकेनफक्स) रोग देखिएको आशंका गरिएको छ। उक्त गाउँपालिका–४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्ने देखिएको सो रोगको आशंका गरिएको हो।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुुसार एक जना विद्यार्थीमा देखिएको आशंका गरिएको ठेउला रोग ५७ जना विद्यार्थीमा सरेको हो।
विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको पनि देखिएको हो। ठेउला रोग सरेका विद्यार्थीमा अनुुहार, शरीर र पाखुुराभरि ठेउलाजस्तै फोका आएका छन्। उनले बिरामी विद्यार्थीको शरीरमा आएको बिरामीको लक्षण हेर्दा ठेउला भएको हुन सक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमुना संकलन गर्न चिकित्सकको टोली विद्यालयतर्फ लागेको जानकारी दिए।
चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै उनले बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताए।
विद्यालयमा पुुगेपछि बिरामी विद्यार्थीको उपचार गर्ने र नमुना संकलन गर्ने कार्य सँगै हुनेछ। यसको जानकारी विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रण महाशाखा सुर्खेतलाई गरिसकिएको छ।अस्पतलाकी वरिष्ठ अनमी सरिता बोहराले यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर देखिएको बताइन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले चिकित्सकबाट ठेउला रोग भन्ने पुष्टि भएपछि विद्यालय बन्द गर्ने पक्षमा गाउँपालिका रहेको जनाए। ठेउला पुष्टि भएपछि यो रोग अरुलाई नसर्नका लागि विद्यालय बन्द गरिने जानकारी दिँदै उनले पठनपाठन भने जारी रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १६ : ००
लेखकबाट थप