काठमाडौँ । एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो ।
यो जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १६ : ०१
लेखकबाट थप