काठमाडाैँ । ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो ।
ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेलमैदानमा ६ देखि १३ वर्षसम्मका स–साना बाबुनानीलाई साताको दुई पटक शनिबार र मंगलबार बिहान नियमित रुपमा फुटबल प्रशिक्षण गराउँदै आएको छ ।
ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापति मनाङ मर्स्याङ्दी एक डिभिजन फुटबल क्लब, आरसी–३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रुपमा अनुभवी हुन् । उनी एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १५ : २१
लेखकबाट थप