‘मिटर ब्याजी’लाई कारबाहीको माग गर्दै माइतीघरमा धर्ना

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, १५ : ११
‘मिटर ब्याजी’लाई कारबाहीको माग गर्दै माइतीघरमा धर्ना

काठमाडाैँ । मिटर ब्याजमा पैसा लिएर जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याजीविरुद्धको संघर्ष समितिको आयोजनामा धर्नालगायतका विरोधका कार्यक्रम गरिएको हो।

संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताको नेतृत्वमा सचिव किशोरी चमाईन, सहसचिव राम सुभाग मुसहरलगायत करिब १५ जनाको सहभागितामा प्लेकार्ड ब्यानरसहित मिटर ब्याजीविरुद्ध धर्ना बसेको छन्।

धर्नामा ‘मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन’, ‘मिटर ब्याज लिनेलाई कारबाही गर’, ‘मिटर ब्याज लिनेहरू खबरदार, कानुन उल्लंघन गर्न पाइँदैन’ जस्ता नारा लेखिएका ब्यानर बाेकिएकाे छ।महिला हिंसाविरुद्ध विराेध प्रदर्शन गरेकाे आजाद माेर्चाले पनि त्यहाँ एक्यवद्धता जनाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस