कोभिडको चापाचाप थियो । अक्सिजनको अभावमा कोभिड बिरामीहरूले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट निर्माणको लागि जिल्लास्तरमा स्वतस्फुर्त रकम संकलन सुरु भयो । यही बेला प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट ल्याइदियो । गत २६ साउनमै अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट जडान गरे पनि एक वर्ष पुग्नै लाग्दासम्म पनि अक्सिजन उत्पादन भने भएको छैन ।
यो त एउटा प्रतिनिधि घटना मात्रै हो । तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा। कपिल गौतमको सक्रियताका बेला मुहार फेरेको अर्घाखाँची अस्पताल यतिबेला पुरानै स्वरुपमा फर्किएको छ । डा। गौतमको कार्यकालमा अक्सिजन प्लान्ट मात्र होइन, थाइराइड परीक्षण, २४ घण्टा टिकट काउन्टर, सिसीटीभी क्यामेरा, टोकन मेसिन, दन्त परीक्षण सेवासहितका विभिन्न सेवा थपिएका थिए । तर, अहिले ति सबै सेवा भएर पनि नभएको जस्तै छ ।
शैय्याको अस्पतालमा दरबन्दीका डाक्टर शून्य
५० शैय्याको अर्घाखाँची अस्पतालमा १६ जना डाक्टरको दरबन्दी छ । नौ जना विशेषज्ञ र सात जना एमबीबीएस डाक्टरको दरबन्दी भए पनि अहिले अस्पतालमा एक जना पनि डाक्टर छैनन् । एक जना मेडिकल सुपरिटेन्डेन्ट, छात्रवृत्तिमा आएका तीन जना र एक जना निक साइमन्सको सहयोगमा आएका डाक्टरले अस्पताल धानिरहेका छन् ।
दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू ओपीडीमा उपचारको लागि घण्टाैँ लाइन लाग्नु पर्ने अवस्था छ भने इमरजेन्सीमा पुगेका बिरामीले समेत डाक्टरको अनुहार हेर्न लामै समय कुर्नु पर्छ । जसका कारण अर्घाखाँची जिल्लावासी उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।
सम्पर्कविहीन कार्यालय प्रमुख
‘०७७–४२०२५७’ अर्घाखाँची अस्पतालको आधिकारिक टेलिफोन नम्बर यही हो । अस्पतालका प्रमुखको नम्बर पनि सार्वजनिक जत्तिकै छ । तर, यी दुवै फोन कहिल्यै उठ्दैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १४ : ०३
लेखकबाट थप