सवारी साधनको ठक्करबाट साइकलयात्रीको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, १३ : ५४
सवारी साधनको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । चितवनमा सवारी साधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ९ गणेशचोकमा आज बिहान सवारी साधनको ठक्करबाट साइकलयात्रीको ३७ वर्षीय उमेश दराईको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले आज बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको थियो । सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस