रौतहटको गौर भन्सार कार्यालयमा पछिल्लो १५ दिनमा भन्सार छली सामान भित्र्याइएको १६ मुद्दा दर्ता भएका छन्। जेठ १५ देखि ३० गतेसम्ममा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका ११ लाख ५३ हजर ४९० रुपैंया मूल्य बराबर मालवस्तु बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ।
ती सामानहरूमा सुर्ती, चिनी, पानमसला सहितका खाद्यन्न, लत्ताकपडा, मदिरा, सवारी साधन, जनावर रहेका भन्सार कार्यालय रौतहटले जनाएको छ। विभिन्न निकायले चोरी निकासी पैठारी तथा बेवारिसे अवस्थमा रहेका मालवस्तुहरु भन्सार कार्यालयमा बुझाएका हुन्।
भन्सार कार्यालयमा भएका सामानमा कसैको हक लाग्ने भए असार १५ गते भित्रमा सप्रमाणसहित हकदाबी गर्न भनेको छ। तोकिएको मितिमा सम्पर्कमा नआएपछि उजुरी नलाग्ने गौर भन्सार कार्यालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १२ : ५०
लेखकबाट थप