काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ ।
एनआरएनका अभियन्ता समेत रहेका उनलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट २ वर्षका लागि नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । सुवेदी २ दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन् । उनी गैरआवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनाका साथै विगतमा गैरआवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
सुवेदीबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १२ : ०८
लेखकबाट थप