टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, ११ : ५६
टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ ।  एनआरएनका अभियन्तासमेत रहेका उनलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट  दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन् । उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनुका साथै विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

सुवेदीबाट  नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको  अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस