काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएको खेलमा इङ्ल्यान्डले शुक्रबार राति नेदरल्यान्ड्सलाई २३२ रनले पराजित गरेको छ ।
नेदरल्यान्ड्सको आम्सटेलभीनस्थित भीआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याएको इङल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनाएको थियो । जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा बनेको सबैभन्दा ठूलो योगफल हो । यसअघि इङ्ल्यान्डले नै अस्ट्रेलियाविरुद्ध २०१८ जुन १९ मा ४८१ रन बनाएको थियो ।
इङ्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाए । पाहुना टोलीका फिल साल्टले ९३ बलमा १४ चौका र ३ छक्कासहित १२२ रन बनाए भने डेविड मालनले १०९ बलमा ९ चौका र ३ छक्कासहित १२५ रन बनाए । जोस बटलरले ७० बलमा ७ चौका र १४ छक्का हान्दै अविजित १६२ रन बनाए । कप्तान इयान मोर्गान शून्यमा आउट हुँदा लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित अविजित ६६ रन बनाए ।
नेदरल्यान्ड्सका पिटर सिलारले दुई विकेट लिए भने लोगन भान विक र शन स्नेटरले एक एक विकेट लिए ।४९९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि स्कट इडवार्ड सबैभन्दा धेरै अविजित ७२ रन बनाए । म्याक्स ओ‘डोउडले ५५ रन बनाए भने बस डी लीडले २८ रन बनाए । कप्तान पिटर सीलारले २५, टम कुपरले २३, मुसा अहमदले २१ र विक्रमाजित सिंहले १३ रन बनाए । इङ्ल्यान्डका मोइन अलीले ३ विकेट लिए । डेबिड विले, रीसे टोप्ले र साम कुरानले समान २ विकेट लिए । मालनको नाममा एक विकट लिए ।
यससँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, ११ : ५१
लेखकबाट थप