काठमाडौं । झापा कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले ६ करोड रुपैँयाभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको खुलेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी आयआर्जन गरेको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। आराेपी भण्डारीले २०७३ असोज २१ गते रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी ०७७ साल साउनमा स्वेच्छिक अवकाश लिएका थिए।
प्रवक्ता भण्डारीका अनुसार सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा ६ अर्ब २४ करोड ४ हजार ६ रुपैँयाको स्रोत नखुलेको हो।
उनको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चयकोषबाट लिएको ऋण सापटी, भण्डारी सार्वजनिक सेवा प्रवेश पूर्वको बचतसमेत गरी जाँच अवधिमा जम्मा २६ लाख ६१ हजार ६३६ रुपैँया आयआर्जन गरेको अख्तियारले जनाएको छ।
उनकाे जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरुको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैँया खर्च तथा लगानी गरेको खुलेको अख्तियारका प्रवक्ता भण्डारीले बताए।
उनका अनुसार आराेपी भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति कमाएर अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको पुष्टि भएको छ।
अख्तियारले भण्डारीमाथि स्रोत नखुलेको रकम बराबरको बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी लिई मुद्धा दर्ता गरेको छ। साथै गैरकानूनी सम्पत्ति जफततर्फ भण्डारीको नाममा रहेको सम्पत्तिबाट ६ अर्ब ६ लाख ४१ हजार ८१३ रुपैँया र अपुग बिगो उनकै एकल स्वामित्वको कम्पनीहरुको बैंकबाट १७ लाख ६२ हजार १९२ रुपैँया जफत गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १७ : ४७
लेखकबाट थप