जेष्ठ नागरिकको लागि महानगरपालिकाले गर्दै आईरहेको कार्यक्रमले निरन्तरता पाउँछ : मेयर दाहाल

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १९ : २८
जेष्ठ नागरिकको लागि महानगरपालिकाले गर्दै आईरहेको कार्यक्रमले निरन्तरता पाउँछ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुवा–आमालाई खुसी बनाउन पाउँदा सन्तालाई त्यो भन्दा आन्नद केही नहुने बताएकी छन ।जेष्ठ नागरिकको खुसीका लागि महानगरपालिकाले गर्दै आईरहेको कार्यक्रमले निरन्तरता पाउने मेयर दाहालले बताइन। जेष्ठ नागरिक मिलन केन्द्र भरतपुर–१ को दोस्रो वार्षिक उत्सव तथा मेयर उपमेयरलाई बधाई कार्यक्रममा महानगर प्रमुख दाहालले सो कुरा बताएकी हुन । 

दायाँ–बाँया बोलेर हैन, शर्तभन्दा माथि उठेर जनता सेवा दिनुपर्छ भन्ने उद्देश्यका साथ महानगर अगाडि बढेको दाबी पनि गरिन ।‘तपाईहरुकै सन्तान म, अहिले महानगरको अभिभावकको भूमिकामा छु,उनले भनिन्,‘तपाईहरुलाई कसरी खुसी बनाउनेतर्फ हाम्रो ध्यान छ । तपाईहरुलाई खुसी मिल्ने कार्यक्रम बढाउदै लैजाने छौ ।’

उनले जेष्ठ नागरिकको सजिलोसँग स्वास्थ्य उपचार गर्न महानगरले ‘एक वष एक स्वास्थ्य कार्यालय’ को नीति लागू भएको उल्लेख गरिन । अब यो कार्यन्वनको चरणमा छ । 

धेरै जस्तो वडाहरुमा जेष्ठ नागरिक मिलनकेन्द्र निर्माण भइसकेको छ । मिलनकेन्द्र निर्माण गर्ने जग्गा उपलब्ध गराए महानगरले केन्द्र निर्माण गर्ने गर्ने छ–मेयर दाहालले भनिन् । 

त्यस्तै टोल स्तरमा विषेशज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर ल्याएर सेवा प्रदान गर्ने गरी महानगर अगाडि बढेको पनि जानकारी दिइन ।‘यहाँँ विषेशज्ञ चिकित्सक तथा जनशक्ति प्रयाप्त छ, यो हस्पिटल सिटी हो,‘उहाँले भन्नुभयो,‘यो कार्यक्रमले बुवा–आमाको मुहारमा खुसी थपिने छ । तपाईहरुलाई खुसी दिएरै छाड्छौ ।’

त्यस्तै मेयर दाहालले महानगर र वडा स्तरबाट जेष्ठ नागरिकलाई गरिने सम्मान कार्यक्रमले निरन्तरता पाउने उल्लेख गरिन। मेयर दाहालले महानगरले जेष्ठ नागरिकको अनुभवलाई नयाँ पुस्तामा स्थान्तरण गर्ने उद्देश्यले ल्याईएको पुस्तान्तरण कार्यक्रम छिट्टै कार्यन्वानमा आउने जानकारी दिइन। यस्तै महानगरले जेष्ठ नागरिकको तीर्थयात्राको लागि वार्षिक रकम उपलब्ध गराउदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस