सिमकोट र खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १५ : ५१
सिमकोट र खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु

काठमाडाैँ । सदरमुकामसमेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

चैतमा सञ्चालन हुनुपर्ने उक्त प्रतियोगिता यी दुुवै गाउँपालिकामा ढिलै गरी बुधवारबाट सुुरु भएको हो।सिमकोट गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको जनाएको छ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले गरेका थिए। धुलाम्बे खेल मैदानमा प्रतियोगिता सुुरु भएको छ।गाउँपालिकाका सात वटा मानसरोवर, बालमन्दिर, रलिङ, रामदेव, कैलाश, कर्णाली र सैपाल माविबीच प्रतियोगिता सुुरु भएको हो। फिल्ड र ट्र्याक गरी १५ वटा विधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

यसका लागि सात वटै माविका गरी डेढ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका छन्।धुलाम्मे मैदान भएका कारण दिउँसो पछिका खेल सञ्चालनमा भने समस्या हुने खेल आयोजकले जनाएको छ।प्रतियोगिता छात्र र छात्रातर्फ सञ्चालन हुनेछन्। प्रतियोगिता सञ्चालनको जिम्मेवारी मानसरोवर माविलाई दिइएको छ।

उद्घाटन सत्रमा जिल्ला समन्वय प्रमुख रावत, सिमकोट गाउँपालिकाको अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशीला भाम रोकायालगायत सहभागी थिए।
खार्पुनाथ गाउँपालिकास्तरीय प्रतियोगिता पनि सुुरु भएको छ। उक्त गाउँपालिका पाँच वटा माविबीच प्रतिस्पर्धा हुने भएको हो। उक्त गाउँपालिकामा पनि तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

दुुवै गाउँपालिकामा विद्यालयस्तरमा प्रतिस्पर्धा भएर छनोट भएका खेलाडीले असार ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउनेछन्।

प्रतिक्रिया दिनुहोस