बिरुवामा ‘भुवादार लाई’ लागेपछि किसान चिन्तित

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १५ : २७
बिरुवामा ‘भुवादार लाई’ लागेपछि किसान चिन्तित

काठमाडाैँ । नर्सरीमा लगाएका बिरुवामा भुवादार लाई लागेको छ। स्याउ कलमी गर्न तयार भएका बोटमा उक्त किरा लागेपछि किसान चिन्तित भएका हुन्।इडिमेलको बिरुवा लगाएर नर्सरी स्थापना गरेका किसान राजेन्द्र रावतले नर्सरीका बिरुवा ‘भुवादार लाई’ लागेको बताए।

कारण पत्ता नलागे पनि उनले दुुई वर्षअगाडि लगाएर स्याउ कलमी गर्न तयार भएका बिरुवामा ढुसी लागेपछि सो कार्य रोकिएको छ।उनले ३० हजारभन्दा बढी बिरुवामा उक्त रोग लागेको बताए।साठी हजारभन्दा बढी बिरुवा उक्त नर्सरीमा लागेका छन्। सबैमा रोग सर्न थालेको भन्दै उनले औषधि पनि हुुम्लामा नपाउने बताए।

स्थानीय औषधिका रूपमा खरानी प्रयोग गर्दा बिरुवामा लागेको रोग निको भएको थिएन। यो वर्ष कलमी गर्न पाएको भए अर्को साल बिक्री गर्न सकिने भए पनि बिरुवामा उक्त रोग लागेका कारण स्याउ कलमी कार्य रोकिएको हो।

दश रोपनी जग्गा लिजमा लिएर स्याउ नर्सरी तथा तरकारी खेती गर्दै आएका छन्। सिमकोट गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले यो एक प्रकार रोग भएकाले तत्काल केही गर्न नसकिने बताए।उनले समस्या समाधान गर्न बिरुवाको रुढस्टकमा हिउँदमा औषधि राख्न सके यो समस्या समाधान हुने बताए।

बेलैमा किसानले उपचारमा ध्यान नदिँदा जिल्लामा अधिकांश नर्सरीका बिरुवामा यो समस्या देखिएको छ। यसअघि स्याउका बिरुवा अधिकांश जिल्ला बाहिरबाट ल्याउने गरिए पनि पछिल्लो समय जिल्लामै नर्सरी स्थापना गरेर स्याउका बिरुवा उत्पादन गर्न थालिएको थियो।

प्रतिक्रिया दिनुहोस