प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १५ : २३
प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

काठमाडाैँ । प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन्। स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो।

चालकसहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर  छ।

 

प्रतिक्रिया दिनुहोस