काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले गर्‍याे एकैदिन २ हजार ३ सय १९ जना सवारी चालकमाथि कारवाही

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, ११ : ३६
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले गर्‍याे एकैदिन २ हजार ३ सय १९ जना सवारी चालकमाथि कारवाही

काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ।ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लंघन गर्ने ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ७६ जना चालक रहेका छन्।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लंघन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस