सिमकोट । प्रकोपजन्य कुनै घटना भए त्यसका लागि गरिने उद्धार कार्यबारे जानकारी गराउन उक्त पूर्वाभ्यास गरिएको हो।मनसुन तथा अन्य प्रकोपबाट हुन सक्ने सम्भावित घटना तथा क्षतिको न्यूनीकरण तथा उद्धारका लागि हुम्लामा सुरक्षाकर्मीले विपद् प्रतिकार्य पूर्वाभ्यास गरेका छन्।
प्रमुख जिल्ला अधिकारी सीता परियारले मनसुन तथा अन्य प्रकोपजन्य घटना हुने समय भएको कारण त्यसबाट बच्नका लागि उद्धार कार्यको प्रर्दशनी गरिएको बताइन्। उद्धार कार्यमा कसरी सुरक्षाकर्मी लाग्ने गर्छन् भन्नेबारे सर्वसाधारणका लागि जानकारी गराउन र बच्ने उपाय सिक्न पनि सो कार्य गरिएको उनले बताइन्डेमो प्रर्दशनीमा कुनै मानिस भीरबाट लड्दा वा पहिरोमा परेका बेला गरिने उद्धार, पर्यटकीय सिजन सुरु भएको कारण उच्च पहाडमा पर्यटक वा यात्रुलाई लेक लागेको बेला त्यसबाट बचाउन र आगलागीका बेला मानिस तथा धनामाल बचाउनका लागि सुरक्षाकर्मीले गर्ने उद्धार कार्यको नमुना देखाइएको थियो।
डेमो प्रर्दशनीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको थियो।कार्यक्रममा जिल्ला न्यायाधीश जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी सीता परियारलगायत ठूलो सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, १५ : ४४
लेखकबाट थप