काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष बिनोद कुँवरले भेटवार्ता गरेका छन् । मंगलबार विहान भएको भेटमा एनआरएनए विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।
भेटको क्रममा अध्यक्ष कुँवरले एनआरएनएको विवाद र समाधानको विषयमा जानकारी गराएका थिए । सरकारले ल्याएको बजेटमा एनआरएनएले उठाउँदै आएका केही विषयको सम्बोधन गर्न पहल गरेको भन्दै कुँवरले प्रचण्डलाई धन्यवाद दिए ।
त्यसैगरी कुँवरले काठमाडौँ, भरतपुर महानगर लगायतका क्षेत्रको फोहोर कोरियन प्रविधिबाट व्यवस्थापन गरेर मोहरमा परिणत गर्न सकिने बताएका थिए । त्यसमा कोरियन प्रविधि भित्र्याएर फोहोरको व्यवस्थापन गर्न आफू तयार रहेको बताउँदै कुँवरले त्यसको लागि सहजीकरण गरिदिन प्रचण्डसँग आग्रह समेत गरेका थिए । कुँवर लामो समयदेखि कोरियामा विभिन्न व्यवसाय गर्दै पनि आइरहेका छन् ।
जवाफमा अध्यक्ष प्रचण्डले एनआरएनए विवाद सम्मानजनक अवस्था सिर्जना गरी समाधान गर्नुपर्नेमा आफू र आफ्नो पार्टीको धारणा रहेको जानकारी गराएका थिए । प्रचण्डले विवाद समाधानको लागि आफूले सरकार तथा परराष्ट्र मन्त्रालयसँग पहल गर्ने वचन समेत दिएको भेटपछि कुँवरले जानकारी दिए ।
नीति तथा कार्यक्रम र बजेटले एनआरएनएलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न र काठमाडौँ, भरतपुरलगायतका क्षेत्रको फोहोरले हैरानी भएको भन्दै प्रचण्डले यसमा कोरियन अनुभव र प्रविधि भित्र्याउन प्रचण्डले आग्रह गरेको कुँवरले जानकारी दिए । उनले भरतपुर महानगरसँग कोरियन कम्पनीले यसअघि सम्झौता जानकारी गराउँदै त्यसलाई सहजीकरण गरिदिन समेत प्रचण्डले कुँवरसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता
अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
ओली र देउवाबीच भेटवार्ता
प्रधानमन्त्री र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता