स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका– १० राङ्खोलाबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १ हरिचोक बस्ने २४ वर्षिय रोशन बराइली रहेका छन् । सुनौलीबाट पोखरा जाँदै गरेको माइक्रोबाट उनलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बराइलीको साथबाट प्रहरीले फेनरागन ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाईजोपाम ३४ एम्पुल गरी १ सय ४ थान लागू औषध फेला पारेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । बराइलीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ