स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका– १० राङ्खोलाबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १ हरिचोक बस्ने २४ वर्षिय रोशन बराइली रहेका छन् । सुनौलीबाट पोखरा जाँदै गरेको माइक्रोबाट उनलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बराइलीको साथबाट प्रहरीले फेनरागन ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाईजोपाम ३४ एम्पुल गरी १ सय ४ थान लागू औषध फेला पारेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । बराइलीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ