काठमाडौं । यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका प्रदेश स्तरमा जाँच हुने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन गर्ने भएको छ । नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको बोर्डले जनाएको छ ।
बोर्डले यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार दिएको छ ।
पाठ्यक्रममा आधारभूत तहको अन्तिम परीक्षा स्थानीय सरकारले, कक्षा १० को अन्तिम परीक्षा प्रदेशले र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने भन्ने उल्लेख छ । तर यस अनुसार शिक्षा ऐन संशोधन नभएकाले प्रश्नपत्र बोर्डले बनाउने र प्रदेशलाई पनि केही अधिकार दिने गरी काम गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने ‘ऐन परिवर्तन नभएसम्म पाठ्यक्रमले भने अनुसार हुँदैन । तर, प्रदेशलाई पनि अधिकार दिनुपर्छ भनेर हामीले नियमावली बनाएर प्रदेशलाई जिम्मेवारी दिएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक