काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सेफ नेपाल नामक संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २४० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमहानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश
तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर