बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ खरिद-बिक्री ?

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, ११ : ४०
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ।

त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस