एक व्यक्ति प्रसारण लाइनमा चढेपछि त्रिशूली-३ 'ए' को उत्पादन बन्द

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, १५ : ३१
एक व्यक्ति प्रसारण लाइनमा चढेपछि त्रिशूली-३ 'ए' को उत्पादन बन्द

विदुर । नुवाकोटको ककनी गाउँपालिकामा एक पुरूष विद्युत्को हाइटेन्सन पोलको तारमा चढेका छन् ।

शनिबार करिब १० बजेदेखि बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक विद्युत्को हाइटेन्सन पोलमा चढेपछि स्थानीय र प्रहरीले उनलाई तल झर्न आग्रह गरिरहेका छन् ।

विद्युत्को तारमा हिँडिरहेका उनको मानसिक सन्तुलन ठिक नभएको र प्रहरीले तल झर्नका लागि फकाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस