कोरोना अपडेट : थप २२ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, १६ : २२
कोरोना अपडेट : थप २२ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १९१ पुगेको छ । हाल नेपालमा १ सय १२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।