अन्डरवेयरभित्र लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, १३ : १९
अन्डरवेयरभित्र लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान काठमाडौं आएका धुनषाका जितेन्द्र कुमार यादवलाई सुनसहित पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले चेकजाँच गर्ने क्रममा ती युवाले लगाइराखेको भित्री वस्त्र (कटटु) मा फल्स पकेट बनाई विष्कुट आकारको सुन ४६६.५ ग्राम र सिक्री आकारको सुन ५० ग्राम गरी कुल ५१६.५ ग्राम सुन फेला पारेको जानकारी दिए ।

बरामद सुनसहित युवामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस