एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत

सफल खबर संवाददाता

बुधबार, २५ जेठ २०७९, १६ : ५३
एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । 

यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी धिरजप्रताप सिंहले अस्वीकृत गरेका हुन् । 

पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्दै घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताए ।
 

प्रतिक्रिया दिनुहोस