चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ रमाईलो डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका गोर्खाको शहिद लखन गाउँपालिका–४ का अन्दाजी २२ बर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएका हो ।
काठमाण्डौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश ३, ०१, ०२३ च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको चेपाङ सवार बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको तेल ट्याङकरमा ठोक्किएको थियो ।
चेपाङको शवलाई पोष्टमार्टको लागि भरतपुर अस्पताल पठाईएको छ । हिजो बेलुकी साढे ७ बजे भएको सवारी दुर्घटनामा संलग्न तीनै ओटा सवारी साधन र दुई जना चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते