चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ रमाईलो डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका गोर्खाको शहिद लखन गाउँपालिका–४ का अन्दाजी २२ बर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएका हो ।
काठमाण्डौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश ३, ०१, ०२३ च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको चेपाङ सवार बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको तेल ट्याङकरमा ठोक्किएको थियो ।
चेपाङको शवलाई पोष्टमार्टको लागि भरतपुर अस्पताल पठाईएको छ । हिजो बेलुकी साढे ७ बजे भएको सवारी दुर्घटनामा संलग्न तीनै ओटा सवारी साधन र दुई जना चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु