धादिङ । धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गएराती जिप र ट्रक ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटी रहेका छन् ।
गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छिस्थित अम्बेभरोसा अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ ।
चितवनबाट काठमाण्डौ आउँदै गरेको ना ५ च २६८३ नम्बरको जिप ओभरटेक गरेर अगाडी जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ९७७७ नम्बरको ट्रकसँग ठोक्किएको थियो । गएराती पौने ३ बजे भएको सवारी दुर्घटनालगतै सम्पर्क बिहिन भएका ट्रक चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते