सर्वनाम शिक्षालयका प्रिन्सिपल तारेखमा छुटे

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, २१ : १७
सर्वनाम शिक्षालयका प्रिन्सिपल तारेखमा छुटे

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतविरुद्ध तीन जना विद्यार्थीले किटानी जाहेरी दिएका छन् ।

शिक्षालयमा अध्ययनरत १५, १३ र १२ वर्षका किशोरीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त, बौद्धमा जाहेरी परेको डीएसपी ढुण्डिराज न्यौपानेले बताए । उनका अनुसार आइतबार सरकारी विदा भएकाले सोमबार अनुसन्धानका लागि म्याद लिएर विस्तृत अनुसन्धान गर्ने तयारी छ ।

छात्राहरुले यौन दुर्व्यवहार भएको बताएपछि शनिबार अभिभावकहरु बुझ्न होस्टल पुगेका थिए । तर शिक्षालयबाट राम्रो जवाफ नपाएपछि उनीहरुले वार्डेनलाई कारबाही गर्न माग गर्दै नारावाजी गरेका थिए ।

घटनाको जानकारी लिन खोज्दा अभिभावकलाई दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका प्रिन्सिपल दुर्गानाथ शिवाकोटील र उनकी श्रीमती भने छुटेका छन् ।‘सुरक्षा र सोधपुछका लागि नियन्त्रणमा लिएका थियौं, अहिले चाहिएको वेला उपस्थित हुने गरी तारेखमा छाडेका छौं’ न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस