काठमाडौं । न्यायपरिषदले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको नियुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार गरेको छ । परिषदका सदस्य एवं कानूनमन्त्री गोविन्द बन्दीको नेतृत्वमा बनेको समितिले तयार पारेको मस्यौदा छलफल र प्रतिक्रियाका लागि सरोकारवालाकोमा पठाइएको छ ।
उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिलाई प्राथमिकता दिएर तयार पारिएको मस्यौदामा सर्वोच्च अदालतका न्यायाधीशको विषयमा केही उल्लेख छैन ।
मस्यौदामा न्यायाधीश हुन चाहनेले संविधान बमोजिम आफू उपस्थित भई वा विद्युतीय माध्यमबाट न्याय परिषदको सचिवालयमा निवेदन दिनुपर्ने व्यवस्था राखिएको छ । यसअघि निवेदन दिनुपर्ने व्यवस्था थिएन । न्यायपरिषदका सदस्यहरुको प्रस्ताव र भागवण्डामा नै न्यायाधीशको प्रस्तावित नाम तय हुन्थ्यो ।
मस्यौदामा विभिन्न तहमा कार्यरत न्यायाधीशले माथिल्लो पदमा निवेदन दिँदा कार्यसम्पादन मूल्यांकन र त्यसको अभिलेखलाई ध्यान दिइने उल्लेख छ । त्यस्तै फैसला अध्ययन समितिले न्यायाधीशको कार्यक्षमताको बारेमा दिएको राय प्रतिक्रियालाई नियुक्तिको आधार बनाउने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, २० : ४५
लेखकबाट थप