पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर १० रुपैंया घट्यो(नयाँ मूल्य सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, २० : २३
पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर १० रुपैंया घट्यो(नयाँ मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस