संयुक्त राष्ट्रसंघ । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने जनाएको हो ।
द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ मात्र नभएर खाद्य असुरक्षाको अवस्था विभिन्न देशहरु हुँदै संसारभर फैलिन पनि सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले बुधबार स्टकहोल्ममा सो कुरा बताएका थिए ।
महासचिव गुटर्रेसले बुधबार नै स्वीडेनका प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँग भेटवार्ता गरेका थिए । त्यस भेटका क्रममा उनले विश्वमा बढ्दो खाद्य असुरक्षाका बारेमा कुराकानी पनि गरेकाे बताइएको थियो । त्यसक्रममा उनले रुस युक्रेन द्वन्द्वका साथै महामारीपछिको युरोपका बारेमा कुराकानी पनि गरेकाे बताइएको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ जेठ २०७९, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी