नदीमा डुबेर दुई बालकको मृत्यु

रासस

आइतबार, १५ जेठ २०७९, १५ : २४
नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढी । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आइतबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस