रेनु दाहाल १० हजार मत अन्तरले अगाडि

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, ११ : २७
रेनु दाहाल १० हजार मत अन्तरले अगाडि

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् ।उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।

प्रतिक्रिया दिनुहोस