बालेनले ४३ हजार मत ल्याउँदा , स्थापित र सिंहले कति ल्याए

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, ११ : ०८
बालेनले ४३ हजार मत ल्याउँदा , स्थापित र सिंहले कति ल्याए

काठमाडौं । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्मको मतगणना गर्दा ४३ हजार ८१ मत प्राप्त गरेका छन्।

यता दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी छन्।यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म २४ हजार ८ सय ३५ मत ल्याएका छन्।

बालेन शाहले नेपाली कांग्रेसभन्दा १७ हजार ६ सय ४७ मतको अग्रता लिएका छन्।यस्तै, शाह र स्थापितबीच १८ हजार २ सय ४६ मतको अन्तर रहेको छ।महानगरपालिकामा हालसम्म १ लाख २४ हजार ४ सय ५६ मत गणना भइसकेको छ।

प्रतिक्रिया दिनुहोस