'ब्युटी प्याजेन्ट'को नाममा नाबालिगमाथि बलात्कार प्रकरणः आरोपी मनोज पाण्डे पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १८ : २३
'ब्युटी प्याजेन्ट'को नाममा नाबालिगमाथि बलात्कार प्रकरणः आरोपी मनोज पाण्डे पक्राउ

काठमाडौं । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो मुद्दा राष्ट्रिय चासो विषय बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । 

भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस