अन्नपूर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १४ : १७
अन्नपूर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने

पोखरा। पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्‍याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रा.लि. को तर्फबाट महाप्रबन्धक दिनेश पौडेल  तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका थिए । 

‘अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो, जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउँदै आइरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपूर्ण केबुलकारबाट टिकेट काट्दा  बिलमा १०% सम्म छुट पाउनेछन् ।’

उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस