धनुषाको सबैलाको मेयरमा माओवादीका यादव निर्वाचित

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १३ : ५४
धनुषाको सबैलाको मेयरमा माओवादीका यादव निर्वाचित

धनुषा । धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारी राम यादव निर्वाचित भएका छन् ।मेयरमा निर्वाचित यादवले ४२१२ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्‍दर शाह मधुपले ४०७६ मत पाए । तेस्रो भएको एकमालेका राजकिशोर यादवले ३५८१ मत ल्याए ।

यस्तै, उपमेयरमा पनि माओवादीकै रहिमा खातुन ४६९९ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी किरण कुमारी कापरले ३६०४ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस