वीरगञ्ज ।बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ।
गाउँपालिकाको अध्यक्षमा जसपाका उदय प्रसाद यादव ४ हजार १७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का उम्मेदवार चन्दन कुमार सिंहले ३ हजार ५७५ मत प्राप्त गरे।
गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै सीतापति देवी यादव ४ हजार २०५ मत ल्याउँदै विजयी भइन्।उनकी निकटतम प्रतिद्वन्द्वी लाेसपाकी रामपति देवी यादवले ३ हजार ७६ मत ल्याइन्।गाउँपालिकामा रहेको सातवटा वडाहरूमध्ये जसपाले वडा नम्बर १,२ र ३ मा वडाध्यक्ष जितेको छ। वडा नम्बर ४, ५ र ७ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। वडा नम्बर ६ मा लोसपाले वडाध्यक्षमा बाजी मारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १३ : ४१
लेखकबाट थप