काठमाडौँ । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकवीच पार्ट्नर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सिले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुबिधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्टाएको छ ।
हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सिअल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ ।
उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सिअल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस
आइएमई पे एपमा बैंक खाता लिंक गरी स्मार्ट फोन जित्ने मौका