खसेको भन्दाबढी मतपत्र भेटिएपछि मतगणना स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, ११ : २९
खसेको भन्दाबढी मतपत्र भेटिएपछि मतगणना स्थगित

 मोरङ। मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा खसेको भन्दाबढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ।

नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो।मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १ सय ७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको हो।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार वीरेन्द्रकुमार साहका अनुसार ३ हजार २ सय ४२ मत खसेको वडामा हाल ३ हजार ३ सय ४९ वटा मतपत्र भेटिएको हो।

प्रतिक्रिया दिनुहोस