कोरोना अपडेट : थप ६ जनामा संक्रमण,८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १७ : २१
कोरोना अपडेट : थप ६ जनामा संक्रमण,८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना नयाँ संक्रमित भेटिएका छन् । कूल ३ हजार ४ सय ७३ मा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ८ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्यामा दैनिक रुपमा कमी आइरहेको छ । हाल यहाँ सक्रिय संक्रमितको संख्या १ सय ४७ रहेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।