स्थानीय तह निर्वाचन

नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १६ : १०
नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी

सिमकाेट  । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी भएका छन् । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन् । 

अध्यक्षमा निर्वाचित लामाले एक हजार चार सय ६६ मत ल्याएका छन् उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६ सय ६२ मत ल्याउका छन् । उनी नेपाली कांग्रेस निकट छन् ।

यस्तै, उपाध्यक्ष तकदिर लामाले एक हजार ९४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लाक्पानुर्बु लामाले पाँच सय ६५ मत ल्याएका छन् । उनी कांग्रेस निकट हुन् । नाम्खामा तीन हजार एक सय ८२ मत रहेकोमा दुई हजार तीन सय ७१ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस