रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १७ : ५४
रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे

रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका छन् ।

खार्किभ शहर आसपास रुसविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेन सैनिकहरू रुसको सीमासम्म पुगेको खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेगुबोभले बताए ।रुसी फौजलाई लखेटेका युक्रेनी फौजले रुस–युक्रेन सीमाको चिन्ह पनि मिलाइदिएको गभर्नर सिनेगुबोभले बताए ।

‘हामीलाई हाम्रा सैनिकप्रति गौरव छ उनीहरूले सीमाको चिनह पनि मिलाएका छन् ।’ उनले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गरेका छन् ।‘हामी ज्यान जोखिममा राखेर युक्रेनलाई मुक्त गर्ने सबैलाई धन्यवाद दिन्छौँ ।’ सिनेगुभोबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण थालेको रुसी फौजले दोस्रो चरणमा पछिल्लो समय युक्रेनको पूर्वी तथा दक्षिणी भूभागमा कारवाही गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस