स्थानीय तह निर्वाचन

काठमाडौं महानगर अपडेट : बालेन साहले मतान्तर बढाउँदै

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : ०१
काठमाडौं महानगर अपडेट : बालेन साहले मतान्तर बढाउँदै

काठमाडौं  । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १ बजेसम्मको दिएको जानकारीअनुसार एमालेका केशव स्थापितको भन्दा दुई हजार ९४२ मत बढी ल्याएर साहले अग्रता कायम राखेका छन् । 

सोमबार मध्यान्ह १२ बजेसम्म २८७५ मतले स्थापितलाई पछि पार्दै साहले अग्रता लिएका थिए । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् । 

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार दिउँसो साढे १ बजेसम्मका अपडेट गराएको आयोगका अनुसार साहले ६ हजार १९४, स्थापितले तीन हजार २२५, कांग्रेसकी सिर्जना सिंहले दुई हजार ८५४, राप्रपाका मदनदास श्रेष्ठले ५६८ मत ल्याएका छन् ।

यसअघि सोमबार मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका थिए । साहले ६ हजार १६ मत ल्याउँदा उननलाई पछ्याइरहेका एमालेका उम्मेदवार स्थापितले तीन हजार १४१ मत ल्याएका थिए । 

कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी थिइन् । यसैगरी, मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन् । 
 

प्रतिक्रिया दिनुहोस