गल्छी-३ मा माओवादी केन्द्रका भुजेल विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १४ : १६
गल्छी-३ मा माओवादी केन्द्रका भुजेल विजयी

 काठमाडौं । धादिङको गल्छी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका राजन भुजेल विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत ल्याउँदा नेकपा एमालेका प्रत्यासी कपिल रेग्मीले ४८८ मत प्राप्त गरे ।

रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बनेका थिए भने विजयी भुजेल अघिल्लो चुनावमा रेग्मीसँग पराजित भएका थिए । भुजेलसँगै गठबन्धनका सबै उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस