काठमाडौं । सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनलाई हराउँदै दमक नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिका एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो।
केहीबेर अघि सार्वजनिक मत परिणाम अनुसार सो वडामा एमालेका हरी नेउपानेको प्यानल नै विजयी भएको छ।नेउपानेले १२ सय ८८ मत ल्याउँदा गठबन्धनका तारा अधिकारीले १२ सय ६३ मत ल्याइन्।नगरपालिका प्रमुखमा पनि एमालेकै गीता अधिकारीले अग्रता जारी राखेकी छन्। उनले गठबन्धनका उम्मेदवारलाई ४१ मतले पछि पारेकी छन्।
उपप्रमुखमा भने गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता लिँदा एमालेबाट उपप्रमुख उम्मेदवार अम्बिका खनालले ११ सय ४९ मत पाएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १३ : ५६
लेखकबाट थप