विर्तामोड नगरपालिकाको मतगणना दिउँसो ३ बजेदेखि सुचारु गर्ने सहमति

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १२ : ४८
विर्तामोड नगरपालिकाको मतगणना दिउँसो ३ बजेदेखि सुचारु गर्ने सहमति

झापा । रातिदेखि स्थगित भएको विर्तामोड नगरपालिकाको मतगणना आइतबार दिउँसो ३ बजेदेखि सुचारु हुने भएको छ।निर्वाचन कार्यालय झापाका प्रमुख चढ्ने गाडीमा नमुना मतपत्र भेटिएको भन्दै काँग्रेस माओवादी गठबन्धनका  कार्यकर्ताहरू विरोधमा उत्रिएका थिए।

कार्यकर्ताहरू विरोधमा उत्रिएपछि शनिवार राती १२ बजेदेखि मतगणना रोकिएको थियो। मतगणना रोकिएपछि आइतबार बिहान  निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेका थियो। बैठकमा मतगणना स्थलमा कर्मचारी थपिनुका साथै संघीय सरकारका कर्मचारी राख्नु पर्ने दलहरूसँग सहमति भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।

विर्तामोडमा वडा नम्बर १ को मतगणना हुँदै गर्दा विवाद सृजना भएको थियो। 

प्रतिक्रिया दिनुहोस