काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता, स्थापित दोस्रो स्थानमा

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १२ : ३४
काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता, स्थापित दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।

आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस